संक्रमण घटे पनि निषेधाज्ञा लम्बिँदा व्यवसायी असन्तुष्ट, ‘अब मोडालिटी परिवर्तन नभए हामी बर्बाद हुन्छौ’

वीरगंज : वीरगंजका उद्योगी व्यवसायीले कोरोना संक्रमण घट्दै गएकाले निषेधाज्ञा खुकुलो गर्नुपर्ने माग राख्दै आएको भए पनि स्थानीय प्रशासनले निषेधाज्ञा पुनः १० दिन लम्ब्याएको छ। यसअघि जेठ २० सम्मका लागि लगाइएको निषेधाज्ञालाई अब जेठ ३० सम्म पुर्‍याइएको हो। यसरी संक्रमण दर घट्दै गएको अवस्थामा समेत निषेधाज्ञा अझ लम्ब्याइँदै जाँदा यसले अर्थतन्त्रमा…