जापानस्थित एभरेष्ट इन्टरनेशनल स्कुलले कक्षा ११ र १२ मा विज्ञान समूहअन्तर्गत सामाजिक अध्ययन र जीवनोपयोगी विषयको सट्टा गणित विषय राख्न तथा व्यवस्थापन समूहअन्तर्गत सामाजिक अध्ययन र जीवनोपयोगी विषय अङ्ग्रेजी भाषामा अध्ययन–अध्यापन गराउन पाउन आग्रह गरेको छ । उक्त विद्यालयका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व केन्द्रीय अध्यक्ष भवन भट्टले सो विषयको अध्ययन अध्यापन नेपाली …