काठमाडौं । भारतको मुम्बईमा उपचाररत नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार देखिएको छ । बुधबार राति काठमाडौंस्थित घरमै ग्याँस लिक भएपछि भएको आगलागीमा घाइते हुनुभएका भण्डारीको बिहीबारदेखि मुम्बईको नेशनल बोर्न अस्पतालमा उपचार भइरहेको हाे । भण्डारीको फोक्सोको तल्लो भागमा मात्र कार्बनको भाग देखिएकाले हृदयमा असर नपर्ने चिकित्सकहरुले बताएका छन् […]