संसदीय सुनुवाइ समितिको बैठक स्थगित, प्रस्तावित राजदूतको सुनुवाइ प्रभावित

काठमाडौँ- भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइ सरेको छ । संसदीय सुनुवाइ विशेष समितिले १० दिने उजुरी आह्वान गरेर सुनुवाइका लागि आज विहान ११ बजे बैठक बोलाएको थियो । तर सांसदहरू अनुपस्थित भएर कोरम नपुग्दा राजदूतहरूको संसदीय सुनुवाइ प्रभावित भएको हो । बहुमत सांसद अनुपस्थित भएपछि कोरम नपुगेर बैठक स्थगित गर्नुपरेको सभापति लक्ष्मणलाल […]