जापान ओलम्पिकको तयारीमा कमला (तस्बिरहरु)

जापान ओलम्पिक आउन अब करिब २ साता बाँकी छ । यहीबीच वाइल्ड कार्ड इन्ट्रीबाट सुटिङमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने कमला परियार पनि खेलको तयारीमा जुटेकी छन् । उनले नेपालको तर्फबाट १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । गत जेठ १४ गते उनले वाइल्ड कार्ड पाएको नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सार्वजनिक गरेको थियो जसमा उनको नाम पनि परेको छ ।यसैगरी सुटिङमा वाइल्ड कार्डका लागि योग्य हुन अन्तर्राष्ट्रिय सुटिङ महासंघले निर्धारण गरेको न्यूनतम छनोट स्कोर ल्याएको हुनुपर्ने प्रावधान पुरा गर्दै कमला