सिमकोट–हुम्लाको खार्पुनाथ गाउँपालिकामा एक वर्षदेखि खाद्यान्न पुग्न सकेको छैन । सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारस्थित बिक्री केन्द्रमा विगत एक वर्षदेखि खाद्यान्न ढुवानी हुन नसक्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका चामल पुग्न नसकेको हो । यसपटक वर्षमा एक पटक मात्र फल्ने उवा बाली पनि राम्रो उत्पादन नभएका कारण खार्पुनाथमा खाद्यान्न समस्या हुने देखिएको स्थानीयवासी […]