काठमाडौं । मलेसियामा एउटै कम्पनीमा काम गर्ने नेपालीको हत्या गरेर नेपाल फर्किने क्रममा पक्राउ परेका महोत्तरीका २४ वर्षीय अनिल साहलाई जेल चलान गरिएको छ । साहलाई मंसिर ३० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । झापाका धनबहादुर प्रधानको हत्या गरेको आरोपमा पक्राउ परेका साहलाई अदालतबाट जेल चलान गर्ने आदेश भएको काठमाडौं प्रहरी प्रवक्ता […]
काठमाडौं : मलेसियामा हत्या आरोपमा पक्राउ परेका एक नेपालीको मृत्युदण्डको सजाय परिवर्तन भएको छ। धनुषाको साविक गोविन्दपुर-२ का सुरज देव साह तेली कर्तब्य ज्यान अभियोगमा सन् २०१६ डिसेम्बरमा पक्राउ परेका थिए। इपो उच्च अदालतले सन् सन् २०२० अगष्टमा मलेसियाको फौजदारी संहिताको दफा ३०२ बमोजिम मृत्युदण्डको सजाय तोकेको थियो। सो फैसला र मृत्युदण्ड सजाय सम्बन्धमा गरिएको पुनरावेदनमा पुत्रजयास्थित पुनरावेदन अदालतले सजाय परिवर्तन गरेको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ। पुनरावेदन अदालतले बि