वाइसीएलद्वारा गभर्नर अधिकारीविरूद्ध अख्तियारमा उजुरी (फोटो)

नेकपा माओवादी केन्द्र निकट संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) ले गभर्नर महाप्रसाद अधिकारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।बिहीबार आयोगको केन्द्रीय कार्यालय पुगेर वाइसिएलका नेता कार्यकर्ताहरूले गभर्नर अधिकारीविरुद्ध उजुरी दिएको हो । गभर्नर अधिकारीमाथि एमाले संगठनमा आवद्ध भएको भन्दै तिव्र आलोचना भैरहेको छ ।