नेपाल पञ्चाङ्ग निर्णायक समितिमा धर्मशास्त्र र ज्योतिष विषयका विज्ञलाई नियुक्त गर्न धर्मशास्त्रविद् एवं ज्योतिषविद्ले माग गरेका छन् । दक्षिण एसियाली ज्योतिष महासङ्घले आज चावहिलमा आयोजना गरेको कार्यक्रममा पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश पारित गरेसँगै नयाँ पदाधिकारी नियुक्ति हुने चर्चा शुरु भएको हो । हालका पदाधिकारीलाई गठन आदेश जारी नभएसम्मका लागि काम गर्नु भनी विसं २०७० मा नियुक्ति पत्र दिइएको थियो ।
कार्यक्रममा समितिका अध्यक्ष धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले हालसम्म शास्त्रसम्मत् रुपमा पात्रो (पञ्चाङ्ग) प्रकाशन भएकाले अ...