ह्वात्तै घट्यो टेस्ला कारको बिक्री

सन् २०२१ को दोस्रो त्रैमासिकमा अमेरिकी विद्युतीय कार निर्माता टेस्लाको बिक्रीमा ह्वात्तै गिरावट आएको छ । चीनमा पुनः बढिरहेको कोरोना महामारीका कारणले गरिएको लकडाउनले उत्पादन घट्नुका साथै बिक्रीमा समेट भारी गिरावट आएको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ ।कम्पनीले गत वर्षको तुलनामा यो वर्षको दोस्रो त्रैमासमा १८ प्रतिशतभन्दा बढीले बिक्री घटेको जानकारी दिएको छ । दोस्रो त्रैमासमा कम्पनीले विश्वभर २ लाख ५५ हजार सवारी बेचेको छ । जुन, पहिलो त्रैमासको तुलनामा १५ प्रतिशतको गिरावट हो । कम्पनीले पहिलो त