ललितपुरका एक उपभोक्ताले आइतवार दिउँसो भक्तपुर पुगेर च्यांग्रा किने ।
मुस्ताङको च्यांग्रा निकै स्वादिलो हुन्छ भन्ने सोचेर किनेको च्यांग्रा उनले सोचेजस्तो रहेनछ ।
ती उपभोक्ताले च्यांग्रा घरमा लगेर नजिकैको मासु पसलमा कटाए ।
त्यसपछि उनी छक्कै परे । मुस्ताङको भनेर दाबी गरिएको च्यांग्रामा करीब ३ किलो बोसो पाइयो ।
बोसैबोसो हुनुमा च्याङ्ग्राको त के दोष, दोष थियो उनलाई ढाँटेर बिक्री गर्ने व्यापारीको ।
उनले आफू ठगिएको गुनासो गरे ।
***
यो गुनासो एक जना उपभोक्ताको मात्र हैन, अहिले...