इप्पानको सल्लाहकार समितिलाई प्रमाणपत्र हस्तान्तरण

काठमाडौं, ४ साउन । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले निवर्तमान अध्यक्ष कृष्ण प्रसाद आचार्यको नेतृत्वमा बनेको सल्लाहकार समितिलाई प्रमाणपत्र दिँदै आवश्यक मार्गदर्शनका लागि आग्रह गरेका छन् । आज (बिहीबार) इप्पान सचिवालयमा आयोजित प्रमाणपत्र वितरण तथा छलफल कार्यक्रममा उपस्थित सल्लाहकारहरुले इप्पानको आगामी यात्रा कस्तो हुनुपर्छ भन्ने विषयमा धारणा राखेका थिए । […]