दश महिनामा भित्रियो आठ खर्ब नौ अर्ब विप्रेषण

काठमाडौं। चालु आर्थिक वर्षको १० महिनामा कूल रु आठ खर्ब नौ अर्ब ८९ करोड बराबरको विप्रेषण मुलुकभित्र भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको मुलुकको आर्थिक विवरणअनुसार कोरोनाका कारण विदेश जाने कामदारमा कमी आएको भएपनि विप्रेषण आप्रवाहमा सुधार देखिएको हो। समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको हो।