एशियामै पहिलो मानव मलमूत्र फोहर प्रशोधन केन्द्र बन्ने

ललितपुर । महालक्ष्मी नगरपालिका–९ लामाटारमा दक्षिण एशियामै पहिलो आइएसओ २४५२१ मान्यता प्राप्त मानव मलमुत्र फोहर प्रशोधन र व्यवस्थापन केन्द्र बन्ने भएको छ । सो नगरपालिका र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त पहल र लगानीमा उक्त केन्द्र निर्माण हुन लागेको हो । केन्द्र निर्माणका लागि रु चार करोड १७ लाख रकम लाग्ने अनुमान गरिएको वातावरणविज्ञ …

सम्बन्धित सामग्री

नमूना औद्योगिक ग्राम निर्माणको शुरु

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ५ मा नमूना औद्योगिक ग्राम निर्माणको काम शुरु भएको छ । खजुरा खोला नजिक १७ बिघा १७ कठ्ठा क्षेत्रफलमा करीब रु १९ करोडको लागतमा नमूना औद्योगिक ग्राम निर्माण शुरु भएको हो । औद्योगिक ग्रामको एक समारोहबीच आज उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र उद्योगपति एवं सङ्घीय सांसद विनोद चौधरीले संयुक्तरूपमा शिलान्यास गरे । सो अवसरमा मन्त्री रिजालले सरकार निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्न तयार रहेको बताए । उनले समयसापेक्ष सरकारले औद्योगिक नीतिनियम प्रभावकारी बनाउँदै लैजाने बताए ।  सांसद चौधरीले एसएमई भिलेज उद्यमशीलताको नमूना बन्ने र नवलपरासीका युवालाई उद्यमी बनाउन यस परियोजनाको ठूलो महत्त्व रहने बताए ।  सरकारको २०७७/७८ को नीति तथा कार्यक्रमअनुसार देशका कुल एक सय ३० पालिकामा नमूना औद्योगिक ग्राम निर्माण गर्ने योजनाअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाटमा जिल्लाकै पहिलो नमूना औद्योगिक ग्राम निर्माण थालिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालु आर्थिक वर्षमा उक्त ग्राम निर्माणको काम अघि बढाउन तत्कालका लागि कुल रु चार करोड विनियोजन गरेको थियो । मन्त्रालयले प्रारम्भिक चरणको काम अघि बढाउन आह्वान गरेको बोलपत्रअनुसार सो कार्य गर्न रु दुई करोड ९३ लाखमा रिलायन्स बिल्डर्स एण्ड सप्लायर्स जेभीले जिम्मा पाएको छ । प्रथम चरणको कार्य आगामी महीनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको रिलायन्स बिल्डर्स एण्ड सप्लायर्स जेभीमा कार्यरत प्राविधक रवीन्द्र शाहले जानकारी दिए ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको विशेष आर्थिक क्षेत्र प्राधिकरणले उक्त नमूना औद्योगिक ग्राम निर्माणको आवश्यक सहजीकरण गर्दै आएको छ । उद्योग ग्रामभित्र स्थापना हुने साना तथा मझौला उद्योगका लागि उद्योग परिसरमा आवश्यकतानुसार भौतिक पूर्वाधार, उत्पादन र प्रदर्शनीस्थल, फोहर प्रशोधन केन्द्र, सञ्चार, सडक, बिजुली, नाला तथा आवश्यक औद्योगिक विभिन्न संरचना निर्माण हुनेछन् । उद्योगग्राममा कुल ९० ‘प्लट’मा साना घरेलु तथा मझौला उद्योग सञ्चालन हुनेगरी उद्योगका लागि आवश्यक सबै संरचना निर्माण गर्ने आगामी योजना छ । उक्त नमूना औद्योगिक ग्राम क्रमागतरूपमा निर्माण हुँदै जानेछ । मन्त्रालयले नमूना औद्योगिक ग्रामका रूपमा निर्माण गर्ने भए पनि यस ग्रामको सञ्चालन तथा व्यवस्थापन बर्दघाट नगरपालिकाले गर्ने छ । रासस

तयारी भए पनि वितरण भएन ग्यास

इटहरी- बढ्दो सहरीकरणसँगै इटहरीमा लामो समयदेखि समस्याका रूपमा रहेको फोहर व्यवस्थापन अहिले नियमित रूपमा भइरहेको छ ।  इटहरी वडा नं १० मा ल्यान्डफिलसाइट सञ्चालनसँगै फोहर प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएपछि फोहरलाई मोहरमा परिणत गर्ने योजना पनि ल्याइएको छ । फोहरलाई मोहरमा परिणत गर्ने योजनाअनुसार ‘वेस्ट एण्ड इनभारो केयर’ प्रालिले सम्झौताभन्दा तीन वर्ष ढिलो गरी ल्यान्डफिलसाइट सञ्चालनमा […]

फोहरलाई मोहरमा बदल्दै गलकोट नगरपालिका

साउन ७, बागलुङ । विसं २०७३ मा स्थापना भए पनि गलकोट नगरपालिका मध्यपहाडी लोकमार्गको बीच भागमा पर्ने भएकाले चल्तीको पालिकामा पर्दछ । पर्याप्त समथर भू–भाग भएको नगरपालिकाको केन्द्र मजुवाफाँट र हटिया बजारमा घर निर्माण तीव्र गतिमा भइरहेको छ ।  उर्वर भूमि रहेको गलकोट क्षेत्रमा धान झुल्ने खेत विस्तारै शहरमा परिणत हुँदै आएका छन् । बढ्दो शहरीकरणसँगै नगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीको विषय बन्न थालेको छ । नगरपालिकामा फोहर व्यवस्थापनका लागि जग्गा अभावले लामो समयदेखि समस्या थियो तर पछिल्लो समय नगरपालिकाले जग्गा भाडामा लिएरै फोहरलाई मोहरमा बदल्न थालेको छ ।  यसअघि हटिया बजारको फोहर गौदीखोलामा फालिँदै आइएको थियो । बजारकै छेउमा फोहर फाल्दा बजार क्षेत्रनै दुर्गन्धित भएको भन्दै जनस्तरबाट नगरपालिकालाई फोहर व्यवस्थापनको वैकल्पिक व्यवस्था गर्न आग्रह हुँदै आएको थियो ।  नगरपालिकाले जग्गा अभावमा फोहरको डम्पिङ साइट खोज्न नसके पछि जग्गा भाडामा व्यवस्थापन गरेर अहिले फोहर प्रशोधन केन्द्र स्थापना गरेको छ । गलकोट–९ स्थित दरमखोला किनार नजिकै जग्गा व्यवस्थापन गरी फोहर प्रशोधन उपकरण जडानसमेत गरिसकिएको छ । कोरोना कहरका कारण फोहर प्रशोधनमा कर्मचारी खटाउन समस्या भएको र आगामी दुई महीनाभित्रै नगरपालिकाले फोहर प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले जानकारी दिए ।  फोहर व्यवस्थापनका लागि लामो समयको प्रयत्न र पहलमा हटिया बजारभन्दा केही पर वडा नम्बर ९ मा तीन रोपनी जग्गा मासिक रू. २० हजार भाडा तिर्ने गरी व्यवस्थापन गरिएको जग्गामा पूर्वाधार निर्माण गरिएको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।  ‘फोहर फाल्ने डम्पिङ साइट पाएनौँ, त्यसैले केही उपकरण खरिद गरेर फोहर प्रशोधन गरी बिक्री गर्ने नगरपालिकाको नीतिअनुसार प्रशोधन केन्द्रको पूर्वाधार निर्माणसँगै उपकरण जडान भएको छ’, नगर प्रमुख शर्मा गैरेले भने, ‘भाडामा जग्गा लिएर कुहिने फोहर व्यवस्थापन र नकुहिनेलाई प्रशोधन गरी प्याकिङ गरेर बिक्री गर्ने काम अघि बढेको छ, अब सबै तयारी सकिएकाले छिट्टै सञ्चालमा ल्याउने तयारी छ ।’ नगरपालिकाले तीन रोपनी जग्गामा सडक पुर्‍याउने, विद्युतीकरण गर्ने, ट्रस हाल्नेलगायतका पूर्वाधार निर्माणमा रू. २३ लाख र उपकरण खरिद तथा जडानमा रू. १० लाख खर्च गरिसकेको प्रशासकीय अधिकृत तुलबहादुर विश्वकर्माले जानकारी दिए ।  अहिले नगरपालिकाले एउटा ट्र्याक्टरमा फोहर संकलन गर्दै आएको छ । जिल्लामै तीव्र शहरीकरण भएको स्थानमा पर्ने गलकोटमा घर थपिँदै गए पछि फोहर व्यवस्थापनमा चुनौती बढ्दै गएको हो । संकलित कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै व्यवस्थापन गरिने छ ।  कुहिने फोहरको मल बनाइनेछ भने नकुहिने फोहरलाई टुक्राउने, धूने र पुनः प्रयोगका लागि विक्री गरिनेछ । नगरपालिकाले फोहर व्यवस्थापनमा लाग्ने सबै खर्च फोहर प्रशोधनपछि विक्री गरेर उठाउने लक्ष्य राखेको छ । नगरपालिकामा सार्वजनिक जग्गा अभाव रहेका कारण व्यक्तिको जग्गा खरिद गर्दा निकै महँगो भएपछि भाडाको जग्गामा फोहर व्यवस्थापन गर्न थालिएको हो ।  फोहरलाई मोहर बनाएर बिक्री गर्ने योजना नगरपालिका स्थापना भएको पाँच वर्षमा पूरा हुन थालेको नगरपालिकाले जनाएको छ । गलकोटमा जग्गा अभावकै कारण बसपार्क नहुँदा सडकमै सवारी पार्किङ गर्नुपर्ने बाध्यता छ । रासस

नेपालगञ्जको फोहर अब ‘मोहर’मा परिणत

बाँके। नेपालगञ्जले अब ‘फोहरी शहर’को कटाक्ष सुन्नु नपर्ने भएको छ ।   नेपालगञ्ज उपमहानगरपालिका–२३ हिरमिनियामा अत्याधुनिक ल्याण्डफिल साइड (फोहर प्रशोधन केन्द्र) को निर्माण कार्य सम्पन्न भएपछि यो शहरले वर्षौँदेखि सुन्दै आएको ‘फोहरी शहर’को ...

इटहरीमा फोहर प्रशोधन केन्द्र बन्दै, बिजुली र मल उत्पादन गरिने

फोहरमैला व्यवस्थापन तथा प्राविधिक स्रोत केन्द्र र नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहकार्यमा अर्थमन्त्रालयवाट प्राप्त १३ करोड १५ लाखको लागतमा इटहरी उपमहानगरपालिका–१० दुमोटक्का गाउँमा फोहरमैला प्रशोधन केन्द्र निर्माण भइरहेको छ । उपमहानगरको आफ्नै स्वामित्वमा रहेको पाँच बिगाहा जमिनको क्षेत्रका फोहरमैला प्रशोधन एवं व्यवस्थापनका लागि निर्माण कार्य भइरहेको तथा त्यस कार्यका लागि फोहरमैला…

इटहरीमा फोहर प्रशोधन केन्द्र निर्माण

इटहरी, असोज २० गते ।  फोहरमैला व्यवस्थापन तथा प्राविधिक स्रोत केन्द्र र नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहकार्यमा...

प्रशोधन केन्द्र भएपनि फोहर खोलामा फालिन्छ

जिल्लाको दमक नगरपालिकामा एक वर्षअघि निर्माण सम्पन्न भएको पूर्वाञ्चलकै पहिलो फोहरमैला प्रशोधन केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन । दमकको बजारी क्षेत्रबाट निस्कने दैनिक फोहरमैलाको दीर्घकालीन व्यवस्थापन गर्ने उद्देश्यले नगरपालिकाले निर्माण गरेको प्रशोधन केन्द्र सञ्चालनमा चासो नदिँदा केन्द्र हालसम्म उपयोगमा आउन सकेको छैन । फोहर प्रशोधन केन्द्र सञ्चालनमा आउन नसक्दा रतुवा खोलामै जथाभावी फोहरमैला फ्याँक्दै…