ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखाको पालुङ्गटार नगरपालिका–७, बिरुवाटारमा नयाँ एक्सटेन्सन काउण्टर खोलेको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ । बैंकको ४९ औँ एक्सटेन्सन काउण्टर उद्घाटन पालुङ्गटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले गरेका छन् । ‘सबैका लागि बैंक’ भन्ने नारासाथ २७ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको बैंकको दाबी छ । बैंकले देश र विदेशमा बैंकिङ्ग सेवासम्म