ओलीले बैठक रोक्न अस्वीकार गरेपछि आक्रोशित हुँदै फर्किए माधव पक्षीय कार्यदलका सदस्यहरू

 काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक रोक्न अस्वीकार गरेका छन् । ओलीले बोलाएको स्थायी समिति बैठक केही दिन रोक्न र पार्टी एकतामा जोड दिन माग गर्दै उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुषाल लगायतका नेताहरू ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठान पुगेका थिए । बैठकस्थल पुगेर रावल लगायतका नेताहरूले पार्टी एकता जोगाउन र कार्यदलको प्रस्ताव कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । तर ओलीले बैठक नरोक्ने अडान दोहोर्‍याउँदै बैठक जारी राखेक