हिमाली क्षेत्रबाट पर्यटकको उद्धार थालियो

काठमाडौं : प्रतिकुल मौसमका कारण अलपत्र परेका पर्यटकको उद्धार कार्यले तीव्रता पाएको छ। मनाङ, मुस्ताङ, गोरखा र उपल्लो डोल्पालगायत हिमाली क्षेत्रमा मौसम प्रतिकुलताका कारण अलपत्र परेका पर्यटकको उद्धार कार्य आज पनि जारी रहने पर्यटन प्रहरी इकाइ भृकुटीमण्डपले जनाएको छ। केहीको उद्धार जारी रहेको र केही पर्यटक सडकमार्गबाटै फर्किन थालेको पर्यटन प्रहरीले जनाएको छ। बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरोकारवाला निकायलाई अलपत्र पर्यटकको तत्काल उद्धार गर्न निर्देशन