साताको अन्तिम कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक ४० अंक भन्दा बढीले वृद्धि भएको छ ।
बुधबार ३०.७५ अंकले गिरावट आएर नेप्से परिसूचक बिहीबार ४३.२९ अंकले बढेर २ हजार ६९२.४७ विन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स १६ अंक, फ्लोट इण्डेक्स ३.०४ अंक र सेन्सेटिभ इण्डेक्स ३.३१ अंक बढेको छ ।
आज कारोबारमा आएका २३८ कम्पनीको ७३ लाख ३६ हजार कित्ता शेयर ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से बढेपनि आज कारोबार रकम भने अघिल्लो कारोबारको तुलनामा घटेको छ। बुधबार ४ अर्ब ६२ कर...