काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल) मा धेरै मौकाहरू यस्ता छन् जहाँ खेलाडी शतकबाट एक रन टाढा रहँदा आउट भए। कतिपय अवस्थामा ९९ रनमा अविजित रहन पनि खेलाडी बाध्य हुने गरेका छन्।आइपीएलमा ९९ रन बनाएर आउट हुने पहिलो खेलाडी विराट कोहली हुन्। उनी सन् २०१३ मा दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) विरुद्धको खेलमा ९९ रनमा आउट भएका थिए।मयङ्क अग्रवाल आइपीएल इतिहासमा तेस्रो यस्ता खेलाडी बने-जो शतकका लागि एक रन जोड्न नसक्दा चुके। ओभर समाप्ति भएका कारण उनी ९९ रनमा नटआउट रहे।