अविवाहित आमाका छोरा हुन् जस्टिन बीबर, १५ वर्षको उमेरमा एउटा घटनाले बनाइदियो सुपरस्टार

हलिउडका चर्चित गायक जस्टिन बीबर यतिबेला आफ्नो रोगका कारण चर्चामा आएका छन् । उनलाई रामसे हन्ट सिन्ड्रोम नामको रोगले जकडेको छ । यो रोगले जस्टिनको अनुहारलाई प्रभावित तुल्याएको छ र उनको आधा अनुहारमा प्यारालाइसिस भएको छ । यस्तो स्थितिमा पनि उनी रत्तिभर आत्तिएनन् । उनी छिट्टै निको हुने कुरामा आशावादी छन् ।एकल आमा, आर्थिक समस्याबीच हुर्किएका जस्टिनलाई बाल्यकालदेखि नै गाउने शौख थियो । उनको यही शौखले उनलाई विश्वमाझ परिचित तुल्यायो । आज उनी निकै कम उमेरमा करोडौँ सम्पत्तिका मालिक हुन् । उनीबारे थप जानकारी