दशगजा क्षेत्रको भौतिक संरचना हटाउन राज्य व्यवस्था समितिको निर्देशन

काठमाण्डौ – सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले दशगजा क्षेत्रमा रहेको भौतिक संरचना तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ । समितिले भारतीय सीमामा रहेको दशगजा क्षेत्रमा अन्तर्राष्ट्रिय कानुन र मूल्य मान्यता विपरीत रहेका बस्ती, सडक, बाँध तथा तटबन्धलाई भत्काउन र हटाउन निर्देशन दिएको छ ...