नेपालगञ्ज उपमहानगरपालिकाको आम्दानी १४ करोड

नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५-०७६ मा १४ करोड ११ लाख रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०७४-०७५ को तुलनामा २ करोड रुपैयाँ भन्दा बढी रहेको उपमहानगरले जनाएको छ । उपमहानगरले चालू आर्थिक वर्षमा १७ करोड ४१ लाख रुपैयाँ आन्तरिक आम्दानी हुने अनुमान गरेको छ ।