‘उहिले उहिले बिहेको लागि जनैसुपारी भएदेखि नै हुनेवाला बेहुलीको मुहारमा वेदनाको ग्रहण लाग्न थालिसक्थ्यो । बिहेकै दिन जग्गेमा बसेदेखि अन्मिँदासम्म त बलिन्द्रधारा आँसु झर्थे,’ ब्राइडल मेकअप आर्टिस्टले यसो भनिरहँदा परिनीति श्रेष्ठ उदेक मानेर सुनिरहेकी थिइन् । ‘इज इट रियल स्टोरी ?’