धनकुटा : जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले निर्वाचन गर्न नभई तानाशाह बन्न संसद् विघटन गरेको आरोप लगाएका छन्।शनिबार जनता समाजवादी पार्टी धनकुटाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्रीले एकपछि अर्को गैर-संवैधानिक कदम चाल्दै गरेको बताएका हुन्।पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको साथ पाएर संसद विघटन गरेको आरोप लगाएका छन। उनले अहिलेको अवस्थामा निर्वाचन हुन नसक्ने बताउँदै निर्वाचन भए