प्रादेशिक बजेटको विविधता

आगामी आर्थिक वर्ष २०७७-०७८ का लागि सात प्रादेशिक वार्षिक कुल बजेट २ खर्ब ६४ अर्ब ९ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसमा प्रदेश १ को ४० अर्ब ९० करोड, प्रदेश २ को ३३ अर्ब ५६ करोड, बागमती प्रदेशको ५१ अर्ब ४२ करोड, गण्डकी प्रदेशको ३४ अर्ब ८४ करोड, प्रदेश ५ को ३६ अर्ब ३५ करोड, कर्णाली प्रदेशको ३३ अर्ब ७४ करोड र सुदूरपश्चिम प्रदेशको ३३ अर्ब २८ करोड रुपियाँ रहेको छ । यो बजेटमा सबैभन्दा बढी बागमती प्रदेश र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशको बजेट छ ।