यसकारण प्रदेश २ मा दुई मन्त्री हेरफेर, यस्तो छ मुख्यमन्त्री राउत र मन्त्री यादवबीचको टकराबको श्रृंखला

जनता समाजावदी पार्टीबाटै मुख्यमन्त्री र मन्त्री बनेका दुबै जना बीचको बजेट विनियोजन सम्बन्धी यो पछिल्लो विवाद प्रदेश सरकारमा मात्र सिमित रहेन। अर्थमन्त्री यादवले विगतमा समेत सरकार ढाल्नेदेखि लिएर आफूलाई बदनाम गराउन र एकलौटी ढंगले हिँडेको भनी पार्टी अध्यक्ष उपेन्द्र यादवसमक्ष काठमाडौं पुगेर गुनासो पोखे।