एमसीसीको विषयमा फेरि संसदमा प्रश्न उठाए रावलले - विवादास्पद प्रावधान हटाइएको प्रमाण खोइ पेश गरेको ?

प्रतिनिधिसभामा फेरि पनि डा. भिम रावलले एमसीसीको विषयमा प्रश्न उठाएका छन् ।गत मंगलबारदेखि जारी आर्थिक वर्ष २०७९/८० को बजेटको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै डा.रावलले व्याख्यात्मक टिप्पणीसहित बहुमत संसदले पारित गरिएको भनिएको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टको विवादास्पद प्रावधान सच्याइएको प्रमाण खोइ पेश गरेको भनेर प्रश्न गरेका छन् । एमसीसी परियोजना प्रति तीब्र असन्तुष्टि राख्दै आएका रावले भने, ‘एमसीए नेपालको कार्यालय सञ्चा

सम्बन्धित सामग्री

आफ्नैले साथ छाडेपछि देउवा थप सक्रिय, ओलीसँग भेटवार्ता

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीबीच फेरि भेटवार्ता भएको छ । मंगलबार देउवा र ओलीबीच बालुवाटारमा भेट भएका हो । प्रतिनिधिसभामा एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव पेश भएपछि यसमा सहमति जुटाउनका लागि प्रधानमन्त्री देउवा प्रयासरत छन् । एमसीसीको विषयमा गठबन्धनकै दलहरूले साथ छाडेपछि प्रधानमन्त्री देउवा ओलीलाई सहमतिमा ल्याउन थप सक्रियता देखाएका छन् । […]

एमसीसीको विषयमा माओवादी अध्यक्ष दाहालको फरक मत

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदमा एमसीसी टेबल गर्ने सत्ता गठबन्धनको बैठकमा फरक मत राख्नुभएको छ । सदनमा एमसीसी पेश गरे विपक्षमा मतदान गर्ने निर्णय गरेको सरकारको महत्वपूर्ण साझेदार दलका नेता दाहालले एमसीसी संसदमा भन्दा संसदीय समितिमा लैजानुपर्ने धारणा राख्नुभएको हो । आज बसेको गठबन्धनको बैठकमा दाहालले एमसीसी सदनभन्दा समितिमा लैजान आग्रह […]

सत्ता गठबन्धनको बैठक सुरु

८ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको हो । एमसीसी संसदमा पेश गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता साझेदार दलहरु बिभाजित हुँदा कूटनीतिक क्षेत्रमा असर परेको बेला एमसीसीमा उपयुक्त विकल्प खोज्न यो बैठकबाट प्रयास गरिने नेताहरुले […]

प्रतिनिधिसभा बैठक बस्दै : एमसीसी पेश गर्ने तयारी

काठमाडौं – संघीय संसद्को प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक आइतबार दिउँसो १ बस्नेछ। सचिवालयले शनिबार सार्वजनिक गरेको कार्यसूचीमा अमेरिकी सहायता परियोजना एमसीसी समावेश गरिएको छैन। तर, सत्ता गठबन्धनका दलले एमसीसीको विषयमा संसदमा छलफल हुनुपर्नेमा सहमति जनाएका छन्। नेकपा (एकीकृत समाजवादी) पार्टीले संसदमा पेश गरेर छलफल गर्ने निर्णय गरेको छ। शनिबार बसेको स्थायी […]

एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्न लागेको हो । शुक्रबार प्रतिनिधि सभामा एमसीसी पेश गर्ने तयारी भएकाले साझा धारणा बनाउने प्रयासमा गठबन्धनको बैठक बस्न लागेको हो । बुधबारकै संसद बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी थियो । तर दलहरुबीच सहमति कायम हुन नसकेको […]

एमसीसीबारे प्रधानमन्त्री देउवा, दाहाल र माधव नेपालबीच सहमति जुटेन

काठमाडौं, २९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीचको भेटवार्ता बिना निश्कर्ष सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा एमसीसीको विषयमा छलफल भएको थियो। प्रधानमन्त्री देउवाले आउने फागुन २ गते बस्ने प्रतिनिधिसभाको बैठकमा पेश गर्ने बताएका थिए । तर, […]