एक वर्षदेखि अमेरिकी अधिकारीहरूले अफगानिस्तानको भूमिमा अमेरिकी सेनाले नटेकी आतंकवादी खतरा हटाउन गाह्रो रहेको तर असम्भव भने नभएको बताउँदै आएका थिए । तर गत साताको अन्त्यमा अमेरिकाले अफगानिस्तानको जमिनमा नटेकी अल कायदाका नेता अयमान अल जवाहरीलाई सीआईए ड्रोन हमलामा मारेको छ । विगतमा भएका अन्य हाई प्रोफाइल हवाई आक्रमणहरूमा गल्तीले निर्दोष नागरिकहरू मारिएका थिए । […]