काठमाडाैं : बच्चैदेखि सांगीतिक वातावरणमा हुर्किएका महेश काफ्लेलाई पछि गएर आफू पनि गायक बन्छु भन्ने थाहा थिएन। रेडियोमा बुवा भोजराज काफ्लेका गीत बज्थे, दाजु दिनेश काफ्लेले पनि सानै उमेरमा 'भन्नु नभाको' जस्तो सुपरहिट गीत गाएर ठूलो ख्याति कमाइसकेका थिए। जसले गर्दा उनको बाल मस्तिष्कमा गायक बन्ने रहर पलायो। बुवा गीतकार तथा संगीतकार भएकाले सानै उमेरमा गीत गाउने मौका पाए। 'सौतिनी आमा', 'सडक बालक' महेशले सानो उमेरमै गाएका चर्चित गीतमध्ये पर्छन्। गीत गाउने कलिल