ग्लोबल आईएमई र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्झौता

काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबीच केन्द्रीय नवीकरणीय ऊर्जा कोषमार्फतको कर्जा नोक्सान ग्यारेन्टीका लागि सम्झौता भएको छ । सम्झाैता पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गर्नुभयाे । बैंकले नवीकरणीय ऊर्जा क्षेत्रमा वित्तीय उत्थानका निमित्त दिगो ऊर्जा चुनौती कोषअन्तर्गत सम्झौता गरेको हो । यो व्यवस्थाले देशमा नवीकरणीय ऊर्जा वित्तीय उत्थानलाई मापन गर्ने अपेक्षा गरिएको छ ...