गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुंगा नगरपालिका–७, कुडापानीकी ५५ वर्षीया कमला पाण्डे छिन् । बाँदर धपाउने क्रममा लडेर घाइते भएकी उनलाई उपचारका लागि गुल्मी अस्पताल तम्घासमा लगिएको थियो । उपचारका क्रममा शुक्रबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । […]