एजेन्सी। भारतको दक्षिणपश्चिमी राज्यहरूमा चक्रवात टाउटेको खतरा देखिएको छ। यो समुद्री आँधी गुजरात राज्यतर्फ बढिरहेको र आज साँझ गुजरातको समुद्री तटमा पुग्ने मौसम विभागले जनाएको छ। यससँगै आज र भोलि गुजरातमा भारी वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ। हालसम्म यस चक्रवातबाट भारतका विभिन्न स्थानमा आठजनाले ज्यान गुमाइसकेका छन्। मुम्बईमा यस आँधीका कारण रेड एलर्टसमेत जारी गरिएको छ।