बेपत्ता व्यक्ति परिचयपत्र (सम्पादकीय)

सरकारले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)द्वारा सञ्चालित सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचयपत्र प्रदान गर्न थालेको छ । द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले तयार गरेको परिचयपत्र वितरणको काम बर्दियाबाट सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालय बर्दियामा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आयोजना गरेको पीडित पहिचान तथा परिचयपत्र वितरण कार्यक्रममा बेपत्ता छजनाका २१ सदस्यलाई परिचयपत्र वितरण गरिएको छ । यस्तै, कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि पीडित परिवारलाई परिचयपत्र प्रदान गरिएको छ । परिचयपत्रका आधारमा सरकारले भविष्यमा सम्मान तथा राहत उपलब्ध गराउने कार्य सहज हुनेछ । यस्ता परिवार तथा व्यक्तिको पहिचान समस्याले प्रमाणपत्र वितरणमा असहजता आएको अवस्थामा उनीहरूको यकिन गरी पीडितलाई परिचयपत्र प्रदान गरिएको घटना सम्बन्धित परिवारका लागि विशेष महŒवपूर्ण हुनेछ । त्यसप्रकारको द्वन्द्व मुलुकका लागि आवश्यक थियो वा थिएन, द्वन्द्वले अपेक्षित उपलब्धि प्राप्त ग¥यो, गरेन भनेर समीक्षा गर्न सकिन्छ तर द्वन्द्वमा जान–अञ्जान संलग्न व्यक्ति तथा तिनका निर्दोष पारिवारिक सदस्यलाई न्याय, राहत तथा सम्मान दिनुलाई सरकारले स्वाभाविक आवश्यकता ठानेको छ । द्वन्द्वलाई बिर्संदै पीडित पक्षलाई सत्यको जानकारी गराई, समाजमा दिगो मेलमिलाप गराउनु पहिलो आवश्यकता रहेकाले त्यसको सुरुवात परिचयपत्रबाट गरिएको हो ।

सम्बन्धित सामग्री

द्वन्द्वमा बेपत्ता पारिएका  परिवारलाई राहत दिइने

सरकारले नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिहरूको पहिचान गरी परिचयपत्र प्रदान गरिएका व्यक्तिका परिवारको सबैभन्दा नजिकका ९३ हकदारलाई राहत रकम जनही १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध...

द्वन्द्वमा बेपत्ता पारिएका परिवारलाई राहत दिइने

काठमाडौँ – सरकारले नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिको पहिचान गरी परिचयपत्र प्रदान गरिएका व्यक्तिका परिवारको सबैभन्दा नजिकका ९३ हकदारलाई राहत रकम जनही १० लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले नेपालमा ०५८ साल फागुन १ गतेदेखि ०६३ मंसिर ५ गतेसम्म भएको सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका […]

बेपत्ता परिएका व्यक्तिका सम्बन्धमा उजुरी सङ्कलन र परिचय पत्र वितरण

कञ्चनपुर, २३ मङ्सिर: सशस्त्र द्वन्द्वका क्रममा मानवअधिकारको गम्भीर उल्लङ्घन गरी बलपूर्वक बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा उजुरी सङ्कलनसँगै पीडित परिवारलाई परिचयपत्र उपलब्ध गराउने कार्यलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले अगाडि बढाएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले स्थानीय तहमै पुगेर पीडित परिवार तथा घटनाका बारेमा जानकार व्यक्तिका तर्फबाट उजुरी सङ्कलन गर्ने र पीडितको यकिन गरी […]

अबदेखि द्धन्द्ध पीडितको परिचयपत्र देखाएर सिंहदरबार प्रवेश गर्न दिइने

काठमाडौं, ८ कात्तिक । बेपत्ता छानबिन आयोगबाट जारी गरिएको द्धन्द्ध पीडितको परिचयपत्र देखाएर अब सिंहदरबारमा प्रवेश गर्न दिइने भएको छ । हिजो गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँड र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीबीच भएको छलफलपछि द्धन्द्ध परिचयपत्र वाहकलाई सिंहदरबारमा प्रवेश दिने सहमति भएको हो । छलफलमा पीडित परिवारलाई राहत उपलब्ध गराउने, आयोगले परिचयपत्र दिएका व्यक्तिहरुले […]

सुर्खेतमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचयपत्र दिइने

सुर्खेतमा सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिका पीडित परिवारले परिचयपत्र पाउने भएका छन् ।

बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचयपत्र

कर्णाली, १५ असोज: सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिका पीडित परिवारले परिचयपत्र पाउने भएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको टोलीले आइतबार जिल्ला प्रशासन कार्यालयमा पीडित परिवारलाई परिचयपत्र दिने भएको हो । दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा सुर्खेतका ५६ व्यक्ति बेपत्ता भएको तथ्याङ्क छ । पीडितपरिवारलाई परिचयपत्र प्रदान गर्न आयोगका सदस्य विश्वप्रकाश भण्डारी नेतृत्वको टोली […]

बेपत्ता युवक मृत फेला

बैतडी, असार ३० । तीनदिनदेखि बेपत्ता रहेका बैतडीको सिगास गाउँपालिकाका एक युवक बुधबार मृत फेला परेका छन् । मृतक सिगास– ५ का ३६ वर्षिय नैन सिंह रोकाया रहेको बैतडीका प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिनुभयो । रोकाया सिगास गाउँपालिकाको गरिब घर पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तरर्गत गणकको रुपमा कार्यरत रहेका बताइएको छ । सोमबार […]

बेपत्ता आयोगले पर्सामा शुरु गर्‍यो पीडित परिवारलाई परिचयपत्र वितरण गर्न

वीरगंज : बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगले पर्सामा बिहीवारदेखि पीडित परिवारलाई परिचयपत्र बाड्ने काम शुरु गरेको छ। आयोगका सदस्य अधिवक्ता सुनिलरन्जन सिंहको नेतृत्वमा बिहीवारदेखि पर्सा आएको टोलीले पर्साको पर्सागढिमा बिहीवार परिचयपत्र बाडेको थियो भने शुक्रवार जिल्ला समन्वय इकाईको कार्यालयमा पीडित परिवारजनसँग छानबिन गरी परिचयपत्र वितरण गरेको छ। २०५२ फागुन १…

बेपत्ता पारिएका परिवारलाई परिचयपत्र

इलाममा सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले परिचयपत्र वितरण गरेको छ । आयोगको टोलीले जिल्ला प्रशासन कार्यालयमा पीडितलाई परिचयपत्र प्रदान गरेको हो ।

बेपत्ता छानविन आयोगद्वारा पीडित परिवारलाई परिचयपत्र वितरण

बुटवल । बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगका सदस्य एवम् प्रवक्ता डा. गंगाधर अधिकारीले संक्रमणकालीन न्याय निरुपणका लागि आफूहरुको सक्दो काम गरिरहेको बताएका छन् । पीडितको पक्षमा काम गर्न आफूहरुले  कुनै कसर बाँकी नराखेको उनले प्रस्ट पारे ।न्याय निरुपणका लागि पीडित, सरोकारवाला, सरकार, राजनीतिक दल र सबै पक्षको साझेदारी आवश्यक रहेको उनको भनाइ छ । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘आयोग पीडितका लागि हो, पीडितलाई केन्द्रबिन्दुमा र