सार्न मिल्ने २ ओटा आकाशेपुल चावहिलमा बन्दै, मेयर शाक्यले गरे शिलान्यास

माघ ९, काठमाडौं । काठमाडौंको चावहिल चोक र मित्रपार्क गरी दुई ठाउँमा १ करोड ३० लाख रुपैयाँको लागतमा आकाशेपुल निर्माण हुने भएको छ। चावहिल चोकमा ३३ मिटर लम्बाई र दुई मिटर चौडाईको आकाशेपुल निर्माण हुने छ भने मित्रपार्कमा १६ मिटर लम्बाई र २ मिटर चौडाइको आकाशेपुल निर्माण हुनेछ। दुई ओटा आकाशेपुलको भ्याटसहित कुल लागत १ करोड ३० लाख ४२ हजार रुपैयाँ रहेको छ। यी संरचनाहरु तोडफोड नगरी अन्य ठाउँमा लगेर जडान गर्न मिल्ने खालको रहने छन् । निर्माण गर्न लागिएको पुलको काठमाडौं महानगरका मेयर विद्या सुन्दर शाक्य र वडाध्यक्ष शुद्धकुमार डंगोलले आइतवार शिलान्यास गरेका हुन् । शिलान्यासपछि मेयर शाक्यले पैदलयात्रुको भीड र दुर्घटना भइरहने ठाउँलाई प्राथमिकतामा राखेर आकाशेपुल निर्माण भइरहेको बताए। ‘काठमाडौं महानगरपालिकाक्षेत्र भित्र ट्राफिक जामको समस्या धेरै छ। सडक फराकिलो भएर पनि चावहिलमा सवारीको अधिक चाप छ। आकाशेपुल निर्माण भएपछि पैदलयात्रुको यात्रासुरक्षामा टेवा पुग्ने छ’, उनले भने। ‘चावहिलचोक र रामशाहपथमा यसअघि आकाशेपुल सञ्चालनमा ल्याइसकेका छौं। जयवागेश्वरीमा निर्माणाधीन छ।चावहिलक्षेत्रमा मात्रै हामीले ४ ओटा आकाशेपुल निर्माण गर्दैछौं’ उनले भने, ‘अन्य केही ठाउँकालागि प्राविधिक परीक्षण, नक्सा निर्माण र स्थानीयसँग परामर्श गरिरहेका छौं। केही ठाउँमा प्राविधिक समस्याका कारण काम अगाडि बढाउन कठिन भएको छ। त्यस्ता ठाउँको समाधान खोज्दैछौं।यससँगै खोला वा नदी तर्ने र वडा जोड्ने गरी पनि पैदलयात्री आकाशेपुल बनाउने योजना अघि बढाएका छौं।’  चावहिलक्षेत्रमा यातायात चाप व्यवस्थापन र पैदलयात्रीको सुरक्षा जटिल रहेको बताउँदै वडा नं ७ का अध्यक्ष शुद्धकुमार डंगोलले जतिबेलापनि सडकमा सवारी गुडिरहनुपर्ने र यात्रुहरुलाई सडक पार गर्नुपर्ने ठाउँ छानेर आकाशेपुल निर्माण गर्न लागिएको बताए। आकाशेपुल बनाएपछि सबैलाई हिंड्न सजिलो हुन्छ। यसमा पनि बालबालिका, जेष्ठ नागरिक र स्कूलकलेजका विद्यार्थीहरुलाई धेरै राहत हुने छ वडाध्यक्ष डंगोलको भनाइ छ। महानगरपालिकाको भौतिक पूर्वाधार विकास विभागका प्रमुख राम थापाका अनुसार ट्रष्ट र स्टील संरचनाका आकाशेपुल निर्माण भइरहेकाछन्। यी संरचनाहरु तोडफोड नगरी अन्य ठाउँमा लगेर जडान गर्न मिल्ने खालका छन्।

सम्बन्धित सामग्री

काठमाडौंका मेयर शाक्यले डेढ वर्षअघि बनेको आकाशेपुलको उद्घाटन गरे

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य शिलान्यास र उद्घाटनको दौडमा छन् । आज शाक्यले डेढ वर्ष पहिले नै बनिसकेको आकाशेपुलको उद्घाटन गरेका छन् । उनले माइतीघरनजिकै पुरातत्व विभाग अगाडिको आकाशेपुलको उद्घाटन गरेका हुन् ।  उक्त आकाशेपुल ०७७ साउन महिनामा बनेर प्रयोगमा आइसकेको थियो ।  आकाशे पुल पूर्ण रूपमा ढिलो...

मेयर शाक्यद्वारा चाबहिल र मित्रपार्कमा आकाशे पुल शिलान्यास

काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ। आइतबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आकाशे पुलको शिलान्यास गरेका हुन्। पुल शिलान्यास गर्दै मेयर शाक्यले आकाशे पुल निर्माणपछि ट्राफिक जामको...

मुख्यमन्त्रीको निर्देशनपछि आकाशे पुलको शिलान्यास रोकियो

१६ वैशाख, विराटनगर । कोरोना महामारीकाबीच आकाशेपुल शिलान्यासको तयारी गरेका मन्त्री र मेयर मुख्यमन्त्रीको निर्देशनपछि पछि हटेका छन् । बुधबार बेलुका आकाशेपुल शिलान्यास गर्ने तयारीमा रहेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र प्रदेश-१ भौतिक पूर्वाधार मन्त्री अम्बिरबाबु गुरुङ मुख्यमन्त्री शेरधन राईको निर्देशनपछि पछि हटेका हुन् । बुधबार बेलुका ५ बजे विराटनगरको घाँस चोकमा पुल शिलान्यास […]