गठबन्धन संकटमा परेका बेला टेलिकम निर्देशक नियुक्तिमा कस्सियो सरकार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदका लागि दरखास्त खुला गरेको करिब एक महिनापछि सरकारले छनोट प्रक्रिया अघि बढाएको छ । तत्कालीन सत्ता साझेदार दल माओवादी केन्द्र र नेकपा एमालेसँगै सञ्चारमन्त्री, प्रधानमन्त्री तथा मुख्यसचिवले आ-आफ्नै निकटका व्यक्तिलाई नेपाल टेलिकमको नेतृत्व सुम्पिन चाहेकाले प्रक्रिया ढिलो गरी अघि बढेको मन्त्रालयका जानकार अधिकारी बताउँछन् ।