राष्ट्रसंघको महासभामा म्यानमारको ‘कू’ विरुद्ध भएको मतदानमा नेपाल अनुपस्थित

काठमाडौं। गए राती संयुक्त राष्ट्रसंघको महासभामा म्यानमारमा सेनाले गरेको ‘कू’विरुद्धको निन्दा प्रस्तावमा भएको निर्वाचनमा नेपाल अनुपस्थित भएको छ। प्रस्तावको पक्षमा विश्वका ११९ देशले मतदान गरेका थिए भने विपक्षमा मात्र एक देश बेलारुसले मतदान गरेको थियो। मतदान प्रक्रियामा नेपाल लगायत चीन, भारत, रुससहित ३६ देश अनुपस्थित भएका थिए। म्यानमारमा सेनाले गत फेब्रुअरी १ मा ‘कू’ गरेको थियो।