दाङ – सहरी विकासमन्त्री मेटमणि चौधरीले आधुनिक देउखुरीका लागि आफूले ल्याएका योजनाका कारण देउखुरीको मुहार फेरिने बताएका छन्। नेपाली कांग्रेस गढवाले शुक्रबार आयोजना गरेको पालिकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा मन्त्री चौधरीले सो धारणा राखेका हुन्। १० अर्बको लागतमा राप्ती कोरिडोर निर्माण प्रक्रिया अघि बढेको बताउँदै मन्त्री चौधरीले भने, ‘राप्ती कोरिडोर आयोजनाअन्तर्गत नदीको दुबैतर्फ तटबन्ध […]