पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्चको आपत्ति

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्च अदालतले आपत्ति जनाएको छ। सर्वोच्चले जबरालाई घरमा सुतिरहेको अवस्थामा उठाएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगिएको र करिब १० घण्टा राखेर पुनः परिवारको जिम्मा लगाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति […]