अर्घाखाँची : तीन कराेडकाे लगानीमा एक सय २० राेपनी क्षेत्रफलमा कृषि फार्म सञ्चालन

अर्घाखाँची – अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा तीन करोड रुपैयाँको लगानीमा छत्रदेव बहुद्देश्यीय कृषि फार्म सञ्चालन भएको छ ।  छत्रदेव गाउँपालिका ५ का श्रेष्ठ परिवारले वडाकै अमराईमा तीन करोड रुपैयाँ लगानी गरेर कृषि फार्म सञ्चालन गरेका हुन् । बलप्रसाद श्रेष्ठ, तिलक श्रेष्ठ, प्रकाश श्रेष्ठ, तेजेन्द्र श्रेष्ठ, पवन श्रेष्ठलगायत श्रेष्ठ परिवारले सञ्चालनमा ल्याएको यो फार्म एक सय २० रोपनी क्षेत्रफलमा फैलिएकाे फार्मका सञ्चालक बलप्रसाद श्रेष्ठले बताउनुभयो  ।  फार्ममा भैसी, बाख्रा, लाेकल/ब्राेइलर कुखुरा, टर्की, माछा, ...