धेरैलाई लागेको थियो प्रधानमन्त्री भारतबाट फर्कँदा जहाजबाट उहाँसँगै १५ वटा मुर्रा भैँसी पनि पुच्छर हल्लाएर आइँ आइँ गर्दै झर्नेछन् । पानीको फोहोरा र पुष्पगुच्छाले भैँसीको भव्य स्वागत हुनेछ । पत्रकार सम्मेलनमा भैँसीका प्रतिनिधिले नेपाल–भारत सम्बन्धमा भैँसी कुटनीतिबारे प्रष्ट पार्नेछन् । तर जहाजमा सिट खाली भए पो भैँसीले सँगै आउन पाउनु ! प्रधानमन्त्रीको भ्रमण टोलीमा छ बीस मान्छे थिए, भैँसी त के भैँसीको एक डल्लो मःम राख्ने ठाउँ भेट्न पनि मुश्किल !प्रधानमन्त्रीसँगै भैँसी नआउँदा मान्छेको मनमा भैँसी कुटनीति र नेपाल–भारत सम्बन्...