महिनावारीको पिडा सम्झेर बाथरुम गएकी युवतीले जब बच्चा जन्माइन्, नौ महिनासम्म कसरी थाहा भएन गर्भावस्था ?

बेलायतमा विश्वविद्यालयमा अध्ययनरत एक युवती तब स्तब्ध भइन जब महिनावारीको दुखाई ठानेर वाथरुम छिर्दा उनको बच्चा जन्मियो । डेभिसलाई बच्चा रोएको आवाज नसुन्दासम्म आफू गर्भवती भएको समेत थाहा थिएन । आखिर नौ-नौ महिनासम्म उनले कसरी गर्भ रहेको थाहा पाइनन् ?ब्रिस्टल निवासी डेभिसले नौ महिनासम्म गर्भावस्थाको कुनै स्पष्ट लक्षण नदेखिएको बताउँदै भनिन् ,‘ मेरो महिनावारी सधैं अनियमित हुन्थ्यो । त्यसैले लामो समय महिनावारी नहुनुलाई पहिलेजस्तै अनियमितता होला भनेर बसिरहें । गर्भवती भएँ भन्नेतर्फ ध्यानै दिएक