प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनले लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाएको बताउनुभएको छ । आयोग र आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जियोग)ले आज आयोजना गरेको स्थानीय निर्वाचन, २०७९ को पर्यवेक्षण प्रतिवेदन सार्वजनिक र समीक्षा कार्यक्रममा प्रमुख आयुक्त थपलियाले एकै दिन उत्साहजनक रुपमा ७१ प्रतिशतसम्म मतदान हुनुले निर्वाचनको सफलता …