नेशनल हार्ट फाउण्डेसनद्वारा एम्बुलेन्स सहयोग

काठमाडौं, जेठ २४ । नेशनल हार्ट फाउण्डेसनले ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको त्रिपिङ्गेश्वर सामाजिक संस्थालाई एम्बुलेन्स सहयोग गरेको छ । त्रिपिङ्गेश्वर महादेव मन्दिरको शिलान्यासको अवसर पारेर नेशनल हार्ट फाउण्डेसनका अध्यक्ष एवं नर्भिक अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. शिवजी सिलवालले सोमबार एक कार्यक्रमकाबीच त्रिपिंगेश्वर सामाजिक संस्थाका अध्यक्ष तथा समाजसेवी हिराबहादर पौडेललाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेको छन् । […]