सोमबारबाट शुरु भएको सो सम्मेलन चार दिनसम्म सञ्चलान हुने भएको बताइएको छ । सो सम्मेलनमा आलु खेतीमा लागेका किसानका साथै यस खेतीका विशेषज्ञ, आलु खेतीसम्बन्धी कृषि प्राविधिक एवं सरकारी अधिकारीहरुको सहभागिता रहेको बताइएको छ ।
हामी लागू औषध दुव्र्यसन र बेचबिखनविरुद्धको दिवस प्रत्येक वर्ष किन मनाउँछौँ ? यहाँ प्रश्न उठछ, विश्वभरिका मानिसलाई बाँच्न अपरिहार्य र त्यो भन्दा महत्वपूर्ण खाध्यान्न वस्तु, जस्तै– धान–चामल र आलु–प्याजको भने विश्व दिवस किन मनाइँदैन् ?...
कुनै समय चिनियाँ नेता माओत्से तुङले 'एउटा आलु पनि अन्तरिक्षमा पुग्न नसक्नेले कसरी विश्व शक्ति बन्छ' भनेका थिए । माओको उक्त आक्रोशपूर्ण कटाक्षले चीनले मिसाइल र आणविक कार्यक्रमलाई बढुवा गरेको मानिन्छ । सन् १९९९ मा उसले पहिलो पटक अन्तरिक्षमा मानवरहित आफ्नो यान पठायो ।
स्याङ्जा । स्याङ्जामा पहिलो पटक शित भण्डार सञ्चालनमा आएपछि आलु खेती गर्दै आइरहेका कृषक खुसी भएका छन् । शीत भण्डारको विकास भएपछि बुटवल, भैरहवा, पोखरासम्म लगेर भण्डारणको बाध्यता हटेको छ । सुविधा घरआँगनमा आएसँगै यहाँका कृषकले सामुहिक आलु खेतीमा समेत चासो दिन थालेका छन् । विश्व बैंक, नेपाल सरकार र आँधीखोला बहुउद्देश्यीय पानी उपभोक्ता सस्थाको […]
यस सम्मेलनमा विश्वमा आलु खेतीको वर्तमान अवस्था र यसका चुनौतीहरुका साथै स्वास्थ्यमा आलुको योगदान, आलु व्यवसाय र पोषण एवं आलु खेती सम्बन्धी नयाँ नयाँ तरिका र प्रविधिका बारेमा आवश्यक छलफल हुने बताइएको छ।...
सोमबारबाट शुरु भएको सो सम्मेलन चार दिनसम्म सञ्चलान हुने भएको बताइएको छ । सो सम्मेलनमा आलु खेतीमा लागेका किसानका साथै यस खेतीका विशेषज्ञ, आलु खेतीसम्बन्धी कृषि प्राविधिक एवं सरकारी अधिकारीहरुको सहभागिता रहेको बताइएको छ ।
आयरल्याण्डको डब्लिनमा विश्व आलु सम्मेलन सुरु भएको छ । सो सम्मेलनमा विश्वका कम्तीमा पनि ६० देशका एक हजार जनाभन्दा बढी प्रतिनिधिहरु सहभागी भएका बताइएको छ ।
एजेन्सी । आयरल्याण्डको डबलिनमा विश्व आलु सम्मेलन सुरु भएको छ । सो सम्मेलनमा विश्वका कम्तीमा पनि ६० देशका १ हजार जनाभन्दा बढी प्रतिनिधिहरु सहभागी भएका बताइएको छ ।
काठमाडौँ – आयरल्याण्डको डबलिनमा विश्व आलु सम्मेलन सुरू भएको छ। सो सम्मेलनमा विश्वका कम्तीमा पनि ६० देशका १ हजार जनाभन्दा बढी प्रतिनिधिहरू सहभागी भएका बताइएको छ। सोमबारबाट सुरू भएको सो सम्मेलन चार दिनसम्म सञ्चलान हुने भएको बताइएको छ। सो सम्मेलनमा आलु खेतीमा लागेका किसानका साथै यस खेतीका विशेषज्ञ, आलु खेतीसम्बन्धी कृषि प्राविधिक एवं सरकारी अधिकारीहरूको […]
भारतले गत शनिबार गहुँको निर्यातमा प्रतिबन्ध लगायो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रिलको पूर्वार्द्धमा युक्रेनमाथि रूसले आक्रमण गरेपछि विश्व खाद्यान्न संकटको संघारमा पुगेको भन्दै खाद्य संकट समाधान गर्न मद्दत गर्ने वाचा गरेका थिए । तर, यसको एक महिनामै भारत आफ्नो वाचाबाट पछाडि हट्यो ।
रूसले युक्रेनका बन्दरगाहमा रोकिएर बसेका अन्न निकासी गर्न नदिएसम्म विश्वभर भोकमरी संकट आउन सक्ने चेतावनी सात औद्योगिक देशहरूको समूह जी–सेभेनले दिएको छ ।
रूसले फेब्रुअरीको अन्त्यतिर युक्रेनमाथि हमला गरेदेखि नै विश्व बजारमा गहुँको भाउ उकालो लागेको थियो । रूस र युक्रेन विश्वका दुई ठूला गहुँ निर्यातकर्ता हुन् । विश्वको कूल गहुँ निर्यातमा यी दुई देशको अनुपात २९ प्रतिशत रहेको विश्व बैंकको तथ्यांकले देखाएको छ । रूस–युक्रेन द्वन्द्वका कारण विश्वभर खाद्यान्नको भाउ बढिरहेकै समयमा भारतको कदमले विश्व बजारमा गहुँको भाउ अहिलेसम्मकै उच्च स्तरमा पुर्याएको छ । सोमवार मात्रै गहुँको भाउ करीब ६ प्रतिशतले बढेको थियो ।
कोरोना भाइरसको महामारीका कारण आपूर्ति शृङ्खलामा देखिएको अवरोधका कारण यसअघि नै विश्व बजारमा अन्नको भाउ बढेको थियो । अर्जेन्टिनामा खडेरी, अष्ट्रेलिया आएको बाढीका कारण यी देशको गहुँ उत्पादन प्रभावित भयो । विश्वको सबैभन्दा ठूलो गहुँ उत्पादक तथा खपतकर्ता देश चीनले घरेलुस्तरमै गहुँको आपूर्ति आक्रामक रूपमा बढाइरहेको छ ।
गहुँको निर्यात रोक्ने भारत एउटै मात्र देश भने होइन । रूस र युक्रेन, इजिप्ट, काजगिस्तान, कोसोभो र सर्बियाले पनि गहुँको निर्यातमा प्रतिबन्ध लगाएका छन् । निर्यात प्रतिबन्ध गहुँमा मात्रै छैन । मकै भटमास, सूर्यमुखी तेल, पाम तेललगायत सबै खालका खाद्य वस्तुको भाउ बढेको छ । रूसले आक्रमण गरेयता युक्रेनले अन्न र खानेतेलको निर्यात गर्न सकेको छैन । रूस, युक्रेन र बेलारूसबाट हुने मलखादको निर्यात प्रभावित भएको छ । चीनले पनि गएको गर्मीयाममा मलखाद निर्यात रोकेको थियो ।
विश्वभर मलखादको चरम अभावबीच यसको भाउ चुलिएको छ, आपूर्ति प्रभावित भएको छ । त्यसैले किसानहरू कम मलखाद प्रयोग गर्न वा थोरै मलखाद चाहिने बाली लगाउनतिर लागेका छन् । यसले उल्टै विश्वको खाद्य संकट बढाइरहेको छ ।
आक्रमणका कारण युक्रेनका खेतीबाली नष्ट भएका छन् भने खेतीपातीको काम पनि रोकिएका छन् । युद्ध जारी रहँदा विश्वभर खाद्यान्नको आपूर्ति शृङ्खला बिग्रिएर अभाव हुने सम्भावना बढेको छ । विशेषगरी अन्न, खाने तेलको चरम अभाव हुने र मूल्य झनै बढ्ने अवस्था बढेको छ ।
अधिकांश देशहरूले खानेतेलको निकासी रोकेका छन् । खानेतेल पछि प्रतिबन्धको मारमा परेको अर्को खाद्यान्न गहुँ हो । अर्जेन्टिनाले मार्चको मध्यतिर भटमासको तेल र सोयाबिन मिलको निर्यात रोकेको थियो । अल्जेरियाले पनि पास्ता, गहुँ डेरिभेटिभ्स, खाने तेल र चिनीको निर्यात रोकेको छ । इजिप्टले खाने तेल, मकै, गहुँ, पीठो, तेल, दलहन, पास्ता र सिमीको निर्यातमा प्रतिबन्ध लगाएको छ ।
इन्डोनेशियाले घरेलु स्तरमा पर्याप्त आपूर्ति सुनिश्चित गर्न हालै पाम आयल, पाम केर्नल आयलको निर्यात रोकेको छ । काजखस्तानले गहुँ र गहुँको पिठो रोकेको छ । कोसोभोबाट पनि गहुँ, मकै, पिठो, वनस्पति तेल, नुन र चिनीको निर्यात रोक्का छ । टर्कीले गाईको मासु, खसीको मासु, नौनी र खाना पकाउने तेलको निकासीमा बन्देज लगाएको छ ।
युक्रेनले गहुँको साथै ओट्स, चिनीको निर्यात रोक्का गरेको छ । रूसले पनि चिनी र सूर्यमुखीको बियाँ, गहुँ, तोरी, जौ र मकैको निर्यात ठप्प पारेको छ । गहुँ, मकै, पीठो र तेल निर्यात रोक्ने देश सर्बिया पनि हो । ट्यूनिशियाले फलफूल र तरकारीको निकासी रोक्का गरेको छ । कुबेतले पनि कुखुराको मासुबाट बनेका सामग्री, अन्न र वनस्पति तेलको निर्यात रोकेको छ । इरानले आलु, भन्टा, गोलभेंडा लगायत तरकारीको निर्यातमा लगाएको प्रतिबन्ध गत महीना फुकुवा गरेको छ । अधिकांश देशले घरेलु स्तरमा आपूर्ति सुनिश्चित गर्न प्रतिबन्ध लगाएका हुन् ।
रूसले युक्रेनका बन्दरगाहमा रोकिएर बसेका अन्न निकासी गर्न नदिएसम्म विश्वभर भोकमरी संकट आउन सक्ने चेतावनी सप्ताहान्तमा सात औद्योगिक देशहरूको समूह जी–सेभेनले दिएको छ । विश्व बैंकले पनि यस अघि नै युक्रेनमाथिको हमलाका कारण विश्वमा खाद्यान्नको चरम संकट उत्पन्न हुन सक्ने चेतावनी दिइसकेको छ । खाद्य वस्तुको भाउ एक प्रतिशतले बढ्दा विश्वमा १ करोड मानिसहरू चरम गरिबीमा धकेलिने विश्व बैंकको भनाइ छ ।
विश्वभर उत्पन्न खाद्यान्नको अभावले खाद्य महँगी यस अघि कहिले नदेखिएको स्तरमा उक्लिएको छ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार अप्रिलमा खाद्यान्नको मूल्य ३० प्रतिशतले बढेको छ । महँगी विकासशील देशहरूमा चरम छ । सरकारहरूले स्थानीय स्तरमा महँगी नियन्त्रण गर्न धेरै समय खर्चिरहेका छन्, ब्याजदर बढाउन थालेका छन्, संसाधन लगाइरहेका छन् । कैयौं देशमा खाद्य असुरक्षा सामाजिक अशान्ति र भूराजनीतिक जोखिमको कारण बनेको छ । महँगीको मारमा अमेरिका, बेलायत र जापान लगायत धनी देशहरू पनि परेका छन् । सबै देशहरूले आफ्नो देशको खाद्यान्न सुरक्षाका लागि भन्दै निर्यातमा प्रतिबन्ध लगाएका छन् ।
अहिले विश्व खाद्य व्यापारमा प्रतिबन्धित खाद्य वस्तुको अनुपात १७ प्रतिशत छ । यो सन् २००७/०८ मा खाद्य तथा ऊर्जा संकट देखिएको बेलाकै स्तरको भएको अमेरिकी बौद्धिक समूह अन्तरराष्ट्रिय खाद्य नीति अनुसन्धान संस्था (इफ्प्री)ले बताएको छ । आपूर्ति प्रभावित हुन थालेपछि अन्य उत्पादक देशहरूले पनि निर्यातमा रोक लगाउने र विश्वमा खाद्यान्नको भाउ झनै बढाउने चिन्ता बढेको छ । यसले विश्व बजारमा महँगी झन् झन् बढाउनेछ भने सोको असर खाद्यान्नमा आत्मनिर्भर नरहेका नेपाल लगायतका देशहरूमा पर्नेछ । निर्यात प्रतिबन्ध लगाउने देशहरूमा समेत यसको असर पर्नेछ ।
जुम्ला । जुम्लाको तिला गाउँपालिका–२ लिही र लर्मीगाउँका बासिन्दाको सहजताका लागि ग्रामीण बाटो निर्माण गरिएको छ । दुई गाउँ जोड्ने बाटो निर्माण भएपछि यहाँका स्थानीयवासीलाई आवतजावत गर्न र कृषि उपज बजारसम्म लैजान सहज भएको स्थानीयवासी जयबहादुर रोकायाले बताए ।
बाटो निर्माणपछि पशुचौपायादेखि स्थानीयवासीले उत्पादन गरेको स्याउ, सिमी र तरकारी बजारसम्म लैजान सहज भएको वडाध्यक्ष कलिबहादुर रावतले बताए । लिहीबाट लर्मीगाउँसम्म १० हजार ५० मिटर ग्रामीण बाटो निर्माण भएको उनले जानकारी दिए ।
कृषि उपजलाई बजारसम्म पुर्याउन समस्या भएकाले सोे बाटो निर्माण गरिएको वडाध्यक्ष रावतले बताए । बाटो निर्माण भएपछि लिही र लर्मीगाउँका नागरिकलाई आवतजावतमा सहज भएको हो । मानिसको मृत्यु हुँदा मलामी जान, विवाहमा जन्ती जान र अस्पतालसम्म बिरामीलाई स्टे«चरमा राखेर लैजान बाटोको समस्याले सकस भएको थियो । स्थानीयवासीको सो गुनासोपछि गैरसरकारी संस्था पेस नेपाल जुम्लाको सहकार्यमा सो बाटो निर्माण गरिएको वडाध्यक्ष रावतले जानकारी दिए ।
गाउँमा उत्पादन भएका स्याउ, सिमी, आलु र फापरलगायत रैथाने बाली बाटोकै समस्याले किसानले बिक्री गर्न पाएका थिएनन् । भारी बोकेर हिँड्ने बाटो नहुँदा लर्मीगाउँका किसानले उत्पादन गरेको बाली उचित मूल्यमा विक्री नगरी थन्क्याउनुपर्ने बाध्यता थियो । अहिले बाटो निर्माण भएकाले सहजै रारा बजारमा किसानले स्थानीय उपज विक्री गर्न ल्याउन सहज भएको अर्का स्थानीयवासी कर्ण रावतले बताए ।
बाटो फराकिलो भएपछि दुई गाउँका बासिन्दालाई आवतजावत गर्न र गाउँमा उत्पादन भएका कृषि वस्तुको बजारीकरणमा सजिलो भएको वडाका स्याउ किसान बताउँछन् । अनुकूलन कोष, वन तथा वातावारण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको सहयोगमा पेस नेपाल जुम्ला शाखाद्वारा सञ्चालित क्याप्स कर्णाली परियोजना अन्तर्गत सो ग्रामीण बाटो निर्माण गरिएको उक्त शाखाले बताएको छ । रासस