चार स्थानमा आगलागी, साढे २३ लाखभन्दा बढीको क्षति

काठमाडौं। पछिल्लो चौबीस घण्टामा देशका चार स्थानमा ठूला आगलागीका घटना भएका छन्। रौतहट, झापा, रुपन्देही र गोरखामा भएका ती घटनाबाट २३ लाख ६० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। रौतहटको दुर्गाभगवति गाउँपालिका-३ मा ६ वटा घरमा आगलागी हुँदा १७ लाख रुपैयाँको क्षति भएको छ।

सम्बन्धित सामग्री

आगलागीबाट १३ लाखको क्षति

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को छुट्टाछुट्टै दुई स्थानमा आगलागी हुँदा १३ लाख बढीको क्षति भएको छ।...

१६ जिल्लाका २३ स्थानमा आगलागी,  १४ करोड बढीको क्षति

देशका १६ जिल्लाका २३ स्थानमा भएको आगलागीबाट १ जना घाइते हुनुका साथै १४ करोड रुपैयाँभन्दा बढीको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार भक्तपुर, ललितपुर, दोलखा, तेह्रथुम, रोल्पा, मोरङ, कञ्चनपुर, बाजुरा, कैलाली, प्युठान, दाङ, बर्दिया, खोटाङलगायत जिल्लामा आगलागी भएको हो ।रुपन्देहीको कोटहीमाई गाउँपालिका ७ भगैस्थित खेतमा गहुँ काटेको नलमा अचानक आगलागी हुँदा आगो निभाउने क्रममा २९ वर्षीय एक पुरुष घाइते भएको प्राधिकरणको भनाइ छ । घाइतेलाई

बाढीबाट पुष्प व्यवसायमा ५ करोडभन्दा बढीको क्षति

काठमाडौं, भदौ २३ । लगातारको वर्षात्ले गर्दा देशका विभिन्न स्थानमा आएको बाढीका कारण पुष्प व्यवसायमा ५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । किसानले फूलखेती गरेका नर्सरीहरूमा बाढी पसेपछि फूलखेती नष्ट भएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, इटहरी, बुटवल, चितवनलगायत अधिकांश स्थानमा लगातारको वर्षात् र बाढीले गर्दा फूलखेती र नर्सरीहरूमा क्षति पुग्न गएको हो […]

पाँच स्थानमा आगलागी, २९ लाखभन्दा बढीको क्षति

काठमाडौं। पछिल्लो चौबीस घण्टामा सप्तरी, सिन्धुली, कञ्चनपुर, रौतहट र झापामा भएको आगलागीमा २९ लाख ६७ हजारभन्दा बढीको आर्थिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सप्तरीमा १५ लाख, सिन्धुलीमा ७ लाख ८७ हजार, कञ्चनपुरमा ५ लाख र रौतहटमा १ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

आगलागीबाट एक करोडभन्दा बढीको क्षति

काठमाडौं। देशका चार स्थानमा लागेको आगलागीले १ करोड ६ लाख ३० हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार पछिल्लो चौबीस घण्टामा झापा, सप्तरी, मोरङ र कपिलवस्तुमा लागेको आगलागीले उक्त क्षति गरेको हो। झापाको शिवसताक्षी नगरपालिका–२ मंगलबारे बजारमा आगलागी हुँदा ८८ लाख ३० हजार रुपैयाँको क्षति भएको प्राधिकरणले जनाएको छ।

आगलागीबाट ३० लाखभन्दा बढीको क्षति

काठमाडौं। पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा लागेका आगलागीका घटनाबाट ३० लाख ६० हजार रूपैयाँको आर्थिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सप्तरी, बारा, ताप्लेजुङ र कैलाली भएका आगलागीका घटनामा उक्त क्षति भएको हो। यो वर्ष आगलागीबाट ७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

आगलागीबाट एक करोड १४ लाखभन्दा बढीको क्षति

काठमाडौं। पछिल्लो चौबीस घण्टामा देशका विभिन्न स्थानमा भएका आगलागीका घटनाबाट एक करोड १४ लाख ८२ रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ३६ स्थानमा लागेको आगलागीबाट उक्त क्षति भएको हो। ती आगलागीका घटनामा परी तीन जना घाइते भएको प्राधिकरणले जनाएको छ। आगलागीमा परी ६ चौपायाको मृत्यु भएको छ।

१५ स्थानमा आगलागी, ३ करोड १६ लाखभन्दा बढीको क्षति

काठमाडौं। देशका १५ स्थानमा भएका आगलागीबाट ३ करोड १६ लाख ९१ हजार रुपैयाँको आर्थिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परी एक जना घाइते भएका छन् भने ६ वटा चौपायाको मृत्यु भएको छ। २०७८ साल सुरु भएपछि देशभर ११५ वटा ठूला आगलागीका घटनाबाट १४ करोड ८६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

१८ स्थानमा आगलागी, ८५ लाखभन्दा बढीको क्षति

काठमाडौं। पछिल्लो २४ घण्टामा देशका १८ स्थानमा ठूला आगलागीका घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीका घटनाबाट ८५ लाख ३९ हजार ५०० रूपैयाँ बराबरको आर्थिक क्षति भएको छ। आगलगीका घटना सोमबार बिहान १० बदेखि मंगलबार बिहान १० बजेसम्मको अवधिमा भएका हुन्। घटनामा परी एकजना घाइते भएको प्राधिकरणले जनाएको छ।

२२ स्थानमा भएको आगलागीबाट साढे ७६ लाखभन्दा बढीको क्षति

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशका २२ स्थानमा ठूला आगलागीका घटना भएका छन्। ती आगलागीका घटनाले ७६ लाख ६० हजार रुपैंया बराबरको आर्थिक क्षति पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त क्षति शुक्रबार बिहान १० बजेदेखि शनिबार बिहान १० बजेसम्म भएका आगलागीका घटनाबाट भएका हुन्।आगलागीका घटनामा परी एकजना घाइते भएको प्राधिकरणले जनाएको छ।