हरिप्रभालाई काँग्रेसले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाउने संकेत

काठमाडौं, २ चैत्र । काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट वर्तमान उपमेयर हरिप्रभा खड्की उम्मेदवार बन्ने सम्भावना बढेको छ । हरिप्रभा मेयरको उम्मेदवार बन्ने संकेत गर्दै काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहकी श्रीमती सृजना सिंहले सामाजिक सञ्जालमा लेखेकी छिन् । काँग्रेस पार्टीको महाधिवेशन प्रतिनिधि समेत रहेकी सृजना सिंहले काठमाडौंमा महिला मेयरको माग राख्न आव्हान नै गरेकी छिन् । […]