अहिले धेरै राजनीतिक दलले जनकपुरमा आ–आफ्नो उम्मेदवार टुंगो लगाउन छलफलमै व्यस्त रहेका छन् । केहीले अहिलेसम्म सम्भावित उम्मेदवारको नाम मात्र सिफारिस गरेका छन् । धेरै दलले सम्भावित उम्मेदवारको नाम पनि सिफारिस गर्न भ्याएका छैनन् । तर जनमत पार्टीबाट जनकपुरधाम उपमहानगरपालिका वडा नं। ९ का उम्मेदवार रामबाबु साह विगत ५ दिनदेखि घरदैलोमा व्यस्त छन् ।उनले तयार गराएको १३ बुँदे चुनावी घोषणापत्र लिएर वडाको हरेक घर घरमा पुगेर आफुलाई जिताउन मत माग्न थालेका छन । आकर्षक नारा लिएर हे भैया, हे भउजी, हे काका, हे