गाउँ–गाउँमा फैलिँदै कोरोना

कोरोना भाइरस संक्रमण गाउँ–गाउँमा देखिन थालेको छ। अति प्रभावित क्षेत्रबाट आउनेहरूसँगै कोरोना पनि गाउँ पुग्न थालेको देखिएको छ। भारत मात्रै होइन, नेपालकै कोरोनाप्रभावित जिल्लाबाट आउने क्रम बढेसँगै बाजुरा उच्च जोखिममा परेको छ। चार दिनयता ८९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा पोजिटिभ देखापरेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख महेश चन्दले बताए। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार वैशाख ६ गते यता भारतबाट मात्र ६ सयभन्दा बढी भित्रिएका छन्। उनीहरू सबैलाई होम आइसोलेसनमा बस्न भनिए पनि बजार गाउँ डुलिरहे...

सम्बन्धित सामग्री

आज कोरोनाका कारण छुटेका विद्यार्थीको परीक्षा हुने

काठमाडौँ । आज कोरोना संक्रमणका कारण कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीको परिक्षा हुने भएको छ। भदौ ३० गतेदेखि सञ्चालित परीक्षामा कोभिड १९ संक्रमण भएर सहभागी हुन नसकेका परीक्षार्थीको लागि राष्ट्रिय परीक्षा बोर्डले मंसिर १६ (आज) परीक्षा गर्ने भएको हो। बोर्डका अनुसार परीक्षार्थी रहेका जिल्लाबाटै उनीहरुलाई परीक्षामा सहभागी हुने अवसर दिइनेछ । यस्ता परीक्षार्थी […]

कांग्रेसले कात्तिक २८ गतेका लागि बाेलायाे केन्द्रीय कार्यसमितिकाे बैठक

काठमाण्डाै – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आउँदाे कात्तिक २८ गते आइतवार बस्ने भएको छ । कार्यसमितिकाे बैठक ललितपुरको सानेपामा रहेकाे कांग्रेस केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले निकाल्नुभएकाे विज्ञप्तिमा उल्लेख छ ।  बैठकमा कांग्रेसको चौधौँ महाधिवेशन सम्बन्धमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थितिमा कार्यसमितिकाे बैठक बस्ने भएकाे हाे ।

काठमाडौंका ७ पालिकाको परिणाम सार्वजनिक, कुन पालिकामा को विजयी ?

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं जिल्लामा सम्पन्न नगर अधिवेशनको परिणाम आउन थालेको छ । ११ पालिका रहेको काठमाडौं जिल्लामा शनिबार काठमाडौं महानगरसहित १० नगरपालिका कांग्रेसको नगर अधिवेशन भएको थियो । दक्षिणकाली नगरपालिकाको एउटा वडामा अधिवेशन नभएकाले नगर अधिवेशन नभएको कांग्रेसले जनाएको छ । नगर अधिवेशन भएका सात पालिकाको नेतृत्व […]

कोरोनाका बिरामीलाई आयुर्वेदिक कोरोना कीट

तनहुँ, ३० साउन: जिल्ला आयुर्वे स्वास्थ्य केन्द्र तनहुँले कोरोना पोजेटिभ भएका ७०० जनालाई आयुर्वेदिक कोरोना कीट वितरण गरेको छ । कोरोना पोजेटिभ भएका बिरामीलाई आयुर्वेदिक औषधि प्रभावकारी भएकाले कार्यालयले निःशुल्करुपमा किट वितरण गरेको हो । आयुर्वेद स्वास्थ्य केन्द्रको व्यवस्थापनमा कोरोना पोजेटिभ भएर होम वा आइसोलेसनमा रहेका बिरामीलाई वितरण गरिएको कार्यालयका प्रमुख डा रामप्रबोध मण्डलले जानकारी […]

कर तिर्न कामपाको ताकेता, टेरेन सरकारी निकायले

काठमाडौं, साउन २८ । काठमाडौं महानगरपालिकाले सरकारी स्वमित्वमा रहेका निकायलाई कर तिर्न बारम्बार ताकेता गरे पनि उनीहरूले टेरेका छैनन् । कामपाले ५२ करदातासँंग करिब १ अर्ब रुपियाँ कर असुल्ने योजनाका साथ सार्वजनिक सूचना जारी गरेको करिब एक साता पुग्दा पनि कर तिर्न कबुल गर्ने करदाताको संख्या न्यून देखिएपछि कामपा भिन्न रणनीतिको सोचमा छ । कामपा […]

कुखुराको मासु किलोको ४१५ रूपैयाँ

काठमाडौं, साउन ३ । कोभिड–१९ को असरले उत्पादन घटेपछि ब्रोइलर कुखुरा मासुको मूल्य बढेर किलोको चार सय १५ रूपैयाँ पुगेको छ। एक महिनाकै अवधिमा कुखुरा मासुको मूल्य किलोमा एक सय रूपैयाँ बढेको हो। चल्ला, दानाको भाउ वृद्धि र कोभिडले जोखिम बढाउँदा ब्रोइलर कुखुरा थोरै उत्पादन भएकाले भाउ बढेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर […]

बाँकेमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

बाँके : बाँकेमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा ८ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३ जनाको मृत्यु भएको हो।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा  उपचाररत नेपालगन्ज उपमहानगरपालिका ७ बाँकेका ५० वर्षीय पुरुष,बढैयाताल गाउँपालिका ६ बर्दियाका ५७ वर्षीय पुरुष , नेपालगन्ज २ का ५१ वर्षीय पुरुष र नेपालगन्ज १९ का ५७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। यस्तै भेरी अस्पतालमा नै उपचाररत रहेका गुर्भ

कोरोना संक्रमणबाट कांग्रेस नेता कार्कीको निधन

ओखलढुङ्गा / कोरोना संक्रमणबाट नेपाली कांग्रेस ओखलढुंगाका पूर्वजिल्ला सभापति पृथ्वीबहादुर कार्कीको निधन भएको छ । कोभिड– १९ बाट संक्रमित भई काठमाडाँैंको ह्याम्स अस्पतालमा उपचाररत कार्कीको सोमबार ७८ वर्षका उमेरमा निधन भएको हो । एक दशकअघि जिल्लामा कांग्रेसको नेतृत्व गरेका कार्कीले २०१८ सालमा कांग्रेसमा आबद्ध भई राजनीतिक यात्रा शुरु गरेका थिए । उनले प्रतिबन्धित कालमा पटकपटक... The post कोरोना संक्रमणबाट कांग्रेस नेता कार्कीको निधन appeared first on Purbeli News.

कोरोनाका कारण थप ५ जनाको मृत्यु, ४६० जनामा संक्रमण

नेपालमा कोरोनाभाइरस कोभिड-१९ का कारण थप ५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३ हजार ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ सय ६० जना संक्रमित फेला परेका छन् भने १ सय ५३ जना निको भएको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । पछिल्लो केही दिनयता संक्रमितको दर बढिरहेको छ ।  सक्रिय संक्रमितको कुल संख्या ३ हजार ६ सय ८ पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण चीनको केरुङमा रोकिएका ११ जना नेपाली घर फर्किए

रसुवा – चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङमा रोकिएका ११ जना नेपाली घर फर्किएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण रसुवागढी नाकाबाट आवतजावत गर्न रोक लगाइएपछि उनीहरू त्यहीँ रोकिएका थिए । रसुवागढी अध्यागमन कार्यालयका अनुसार रसुवाकी सिता तामाङ, सरोज नेगी, खिरानी घले फर्किएका हुन् । पर्साका रजन राम, रोहित कुमार राम, बाल मिक्की महरा, राम किशोर राम, धादिङका लिलासिंङ तामाङ, बाराका राम बहादुर महत्तो, मुकेश प्रसाद कानु र सिन्धुपाल्चोकका बलराम नेपाली घर फर्किएका कार्यालयले जनाएको छ । कामको सिलसिलामा...