म्याग्दीमा १९ जना उम्मेदवार चुनावी मैदानमा, एमाले र गठबन्धनबीच प्रतिस्पर्धा

म्याग्दी – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा भोट खसाल्न अब तीन दिनमात्रै बाँकी छ । राजनीतिक दल र उम्मेदवारहरू घोषणापत्रको साथमा आ–आफ्नो प्रतिबद्धतासहित गाउँ–गाउँ पुगेका छन् । उनीहरूले चुनावी सभा आयोजना गर्नुका साथै मतदातालाई भेटेर आ–आफ्नो एजेन्डा सुनाउँदै भोट मागिरहेका छन् ।  राजनीतिक दल र उम्मेदवारहरूले चुनाव प्रचार गर्ने समय अब एक दिनमात्र बाँकी छ । यसै क्रममा म्याग्दीमा पनि राजनीतिक दल तथा तिनका उम्मेदवारहरूले चुनावी प्रचार कार्यक्रमलाई अन्तिम चरणमा पुर्‍याएका...

सम्बन्धित सामग्री

रोचक बन्दै म्याग्दीको चुनावी प्रतिस्पर्धा, एकै वडाका दुई उम्मेदवार

म्याग्दी । म्याग्दीमा सत्तारुढ दलको गठबन्धन र नेकपा (एमाले)का उम्मेदवार मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएको छ । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा तीन जना स्वतन्त्रसहित नौ, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच–पाँच उम्मेदवार […]

रोचक बन्दै म्याग्दीको चुनावी प्रतिस्पर्धा

म्याग्दीमा सत्तारुढ दलको गठबन्धन र नेकपा (एमाले)का उम्मेदवार मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा तीन जना स्वतन्त्रसहित नौ, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच–पाँच उम्मेदवार छन् । विसं २०५६ मा नेपाली कांग्रेस, २०६४ मा नेकपा (माओवादी केन्द्र), २०७० र २०७४ मा एमालेले जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका छन् ।