मलेसियाबाट फर्केर छाला व्यवसाय सुरु : स्थानीयले पाए रोजगारी

सिन्धुपाल्चाेक – गाउँमै व्यवसाय गरेर आर्थिकरूपमा सक्षम बन्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ मेलम्ची नगरपालिका–५ सिन्धुकोटका दीपक बोगटी । विसं २०७० मा रोजगारी खोज्दै मलेसिया जानुभएका उहाँ अहिले गाउँ फर्केर  स्वरोजगार बन्दै अन्यलाई पनि रोजगारी दिइरहनुभएको छ । बोगटीले छाला व्यवसाय सुरु गरेको दुई वर्ष भयो । विदेशमा सोचेभन्दा कम आम्दानी भएपछि नेपाल फर्किएर व्यवसाय गरेको बताउनुहुने उहाँको छाला व्यवसायमा पाँच जनाले रोजगारी पाएका छन् । बोगटी मात्रै होइन सिन्धुकोटका ९० घरले उक्त व्यवसाय गरिरहेका छन् । नब्ब...